२०८३ जेष्ठ ११ गते , सोमबार

भद्रपुर नगरपालिका 'पूर्ण खोप पालिका' घोषणा

sajilo news
झापा
२०८३ जेष्ठ ११ गते , सोमबार
भद्रपुर नगरपालिका 'पूर्ण खोप पालिका' घोषणा

भद्रपुर । भद्रपुरलाई “पूर्ण खोप पालिका” घोषणा गरिएको छ । बालबालिकाको स्वास्थ्य सुरक्षा, नियमित खोप अभियानको प्रभावकारी कार्यान्वयन तथा सबै सरोकारवालाको सक्रिय सहकार्यका कारण उक्त उपलब्धि हासिल भएको जनाइएको छ ।

पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक, विभिन्न संघ–संस्था तथा नगरवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले अभियान सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरे । उनले स्वस्थ, सुरक्षित र समुन्नत भद्रपुर निर्माणका लागि यस्ता जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाले पूर्ण खोप सुनिश्चिततासँगै बालबालिकाको स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

सम्बन्धित समाचार