२०८३ जेष्ठ १२ गते , मंगलबार

कराँते प्रशिक्षक पाठक पक्राउ

sajilo news
झापा
२०८३ जेष्ठ १२ गते , मंगलबार
कराँते प्रशिक्षक पाठक पक्राउ

राष्ट्रिय खेलकुद परिषद्की कराँते प्रशिक्षक मिनादेवी पाठकलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनलाई अभद्र व्यवहार कसूरमा आज अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । बिर्तामोड ५ निवासी पाठकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले हिजो नियन्त्रणमा लिएको थियो ।

बिर्तामोड नगरपालिका–४ निवासी ३८ वर्षीया सन्जु थापाले दिएको उजुरीको आधारमा पाठकलाई नियन्त्रणमा लिएको हो । सन्जु थापा सूर्य थापाकी श्रीमती हुन् । मीनादेवी र सूर्यबीच कराँतेको गुरु र चेलाको सम्बन्ध रहेको बताइन्छ ।

मीनादेवीले सन्जुलाई जेठ ३ गते बिर्तामोडमा सम्पन्न दोस्रो मेयर कपको समापनपश्चात् कार्यक्रम स्थल बिर्तामोड उद्योग वाणिज्य संघको प्राङ्गणमा अभद्र व्यवहार गरेको आरोप छ । मीनादेवीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

सम्बन्धित समाचार