२०८३ जेष्ठ १५ गते , शुक्रबार

भाइरल बनेको भैँसी, डोनाल्ड ट्रम्पसँग तुलना भएपछि पायो पुनर्जीवन

sajilo news
एजेन्सी
२०८३ जेष्ठ १५ गते , शुक्रबार
भाइरल बनेको भैँसी, डोनाल्ड ट्रम्पसँग तुलना भएपछि पायो पुनर्जीवन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तुलनाले भाइरल बनेको भैँसीलाई बंगलादेशको राष्ट्रिय चिडियाघरमा राखिने भएको छ। 

३८ वर्षीय मालिक जियाउद्दिन मृधाले बेचेपछि नयाँ मालिकले यसलाई बकरइदकम काट्ने तरखर गरेका थिए। तर, जनचासो बढ्दै गएकाले सरकारी अधिकारीहरूले अन्तिम अवस्थामा यसलाई काट्नबाट रोके। उनीहरूले यसलाई किनेर जीवनदान दिए। अब, ढाकास्थित राष्ट्रिय चिडियाघरमा यो भैँसी बस्नेछ।

भन्डै ७ सय केजी तौल रहेको यो भैँसीका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल छन्। दसौं लाखले यस भैँसीका तस्बिर हेरेका छन्। धेरैले यसलाई डोनाल्ड ट्रम्प नाम दिएका छन्। एक मन्त्रालयका अधिकारीले सुरक्षा कारणले यस भैँसीको ज्यान जोगाइएको बताए।

अवलोकनकर्ताहरूलाई सुरक्षितसाथ यस भैँसी देखाउने लक्ष्यले यसलाई संरक्षण गरिएको चिडियाघरका अधिकारीहरूले जनाएका छन् । यस भैँसीसँग फोटो खिच्न ठूलो संख्यामा मानिसहरू आउने अधिकारीहरूले अपेक्षा गरेका छन्।

अल्विनो भैँसीहरू दक्षिण एसियामा दुर्लभ हुन्। यसलाई मकै, सोयाबिन र गहुँ–जौ खुवाउने गरिएको थियो, जसकारण यो भैँसी निकै स्वस्थ छ।  अर्को एउटा ७ सय ५० किलो वजन भएको भैँसी पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो भैँसी पनि बंगलादेशकै हो।

सम्बन्धित समाचार