२०८३ जेष्ठ १५ गते , शुक्रबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याए २१ खर्ब २४ रुपैयाँको बजेट
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट संसदमा पेस गरेका छन्। आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको आर्थिक योजना संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा शुक्रबार पेस भएको हो।
चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ।