२०८३ जेष्ठ १६ गते , शनिबार
भारतमा अलपत्र परेका ४५३ नेपालीको उद्धार
भारतमा अलपत्र परेका ४५३ जना नेपाली नागरिकहरुको उद्धार गरेर भैरहवा ल्याइएको छ । रोजगारीको प्रलोभनमा परी भारतको कुशीनगर जिल्लामा अलपत्रमा परेका उनीहलाई भारतस्थित नेपाली राजदूतावास र भारतीय प्रहरीको समन्वयमा उद्धार गरी शनिवार भैरहवा ल्याइएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका ल्याइएका नेपाली नागरिकहरु विभिन्न जिल्लाका हुन् । प्रहरीका अनुसार, उद्दार गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका उनीहरुलाई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ । नेटवर्किंङ व्यवसायमा राम्रो आम्दानीको प्रलोभनमा उनीहरु भारत पुगेका थिए ।