२०८३ जेष्ठ १७ गते , आईतबार

टिकटकर तुलसा अधिकारी पक्राउ

sajilo news
काठमाडौं
२०८३ जेष्ठ १७ गते , आईतबार
टिकटकर तुलसा अधिकारी पक्राउ

टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी पक्राउ परेकी छिन्।  थाइल्याण्डबाट पक्राउ परेकी उनलाई नेपाल ल्याएर अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएको छ। उनको नाममा रातो सूची (रेड नोटिस) जारी भएको थियो। उनलाई प्रकाउ गरेर नेपाल ल्याइपुर्‍याइएको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। 

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि तुलसीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

हनी ट्र्याप अर्थात् आपराधिक लाभ र ठगीको कसुरमा परिवर्तित नाम शंकर चिमोरियाले दिएको जाहेरीको आधारमा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरण समेतमा मुद्दा दायर गरिएको थियो।

सम्बन्धित समाचार