२०८३ जेष्ठ १८ गते , सोमबार

झापामा कार्यरत पाँचजना प्रहरी कर्मचारी कारबाहीमा

sajilo news
झापा
२०८३ जेष्ठ १८ गते , सोमबार
झापामा कार्यरत पाँचजना प्रहरी कर्मचारी कारबाहीमा

नेपाल प्रहरीको विभागीय मूल्य मान्यताविपरित आचरण गर्ने झापामा कार्यरत पाँच जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एकजना प्रहरी नायव निरीक्षक , एकजना हवल्दार, दुईजना सहायक हवल्दार र एकजना जवान विभागीय कारबाहीमा परेको जनाइएको छ । 

तीमध्ये दुईजना जागिरबाट निलम्बनमा परेका छन् । करिब ३ महिनाको अवधिमा उनीहरू कारबाहीमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापासँगै मातहतका अन्य प्रहरी कार्यालयका प्रहरीहरू पनि कारबाहीमा परेका छन् ।

सम्बन्धित समाचार