२०८३ जेष्ठ १८ गते , सोमबार

‘आ बाट आमा-२’ मा मलिका महत

sajilo news
झापा
२०८३ जेष्ठ १८ गते , सोमबार
‘आ बाट आमा-२’ मा मलिका महत

काठमाडौं । चलचित्र ‘आ बाट आमा-२’ मा मलिका महत अनुबन्धित हुनुभएको छ । निर्माता तथा निर्देशक चन्द्र पन्तले आइतबार मलिकालाई चलचित्रको मुख्य भूमिकाका लागि अनुबन्धित गरेकी छिन् ।

यस चलचित्रमा पल शाह आकाश श्रेष्ठ र सविन श्रेष्ठको पनि मुख्य भूमिका रहने जनाइएको छ । तीन अभिनेताका लागि मलिकासहित रिश्ता गुरुङ र निकिता आचार्यलाई अनुबन्धित गरिएकाले कलाकारहरूको जोडीबारे दर्शकमाझ चासो बढेको छ ।

चलचित्रमा विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, दीलिप ओखेडा र नरेन खड्कालगायत कलाकारको पनि अभिनय रहने जनाइएको छ ।

गतवर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’को सिक्वेलका रूपमा निर्माण हुन लागेको ‘आ बाट आमा २’ आगामी असोज ३० गते, बडादशैँको फूलपाति अघिल्लो दिन, देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।
 

सम्बन्धित समाचार