२०८३ जेष्ठ १९ गते , मंगलबार

झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु

sajilo news
झापा
२०८३ जेष्ठ १९ गते , मंगलबार
झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु

झापामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ । हल्दिवारी गाउँपालिका-२ पशुपति चोकपू्र्व बस्ने लुखी हेमरमको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो । कमल राईको चिया बगानबाट पशुपति चोक जोड्ने बाटोमा उनी आज मध्यान्हतिर मृत अवस्थामा फेला परेकी थिइन् ।

मादक पदार्थ सेवन गरेकी हेमरम अत्यधिक गर्मीका कारण बाटोमै ढलेकी हुन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी हल्दिवारी र को प्रहरी टोली पुगेर घटनास्थल पुगेको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको बताइएको छ । 

 

सम्बन्धित समाचार