२०८३ जेष्ठ १९ गते , मंगलबार
मलद्वारभित्र ब्राउन सुगर ल्याउने एकजना काँकडभिट्टामा पक्राउ
भारतबाट मलद्वारभित्र लागूऔषध ब्राउन सुगर लुकाएर ल्याउने एकजना काँकडभिट्टामा पक्राउ परेका छन् । आज बिहान ११ः४५ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध ब्युरो कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर-६ पुरानो मेची पुलमा भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मेचीनगर-१४ बस्ने २५ वर्षीय आकाश चौधरीलाई पक्राउ गरेको हो ।
शङ्का लागेर खानतलासी गर्दा उनले मलद्वारभित्र लुकाईछिपाई ल्याएको प्लास्टिकबाहेक १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई सो लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।