२०८३ जेष्ठ २० गते , बुधबार
मेचीनगरमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
झापाको मेचीनगर नगरपालिका–७ सतीघट्टामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बेलुका करिब ५:२५ बजे मे १ क ३९१ नम्बरको होली बेल इङ्लिस स्कुलको बस र मे ९ प ९००४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
मोटरसाइकल चालक मेचीनगर –७ बस्ने २५ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा पछाडी सवार भारत किसनगंज गलगलिया बस्ने ३३ वर्षीय अजय माझीको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा साँझ ५;५० बजे डाक्टरले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।