२०८३ जेष्ठ २२ गते , शुक्रबार

भद्रपुर र टाघनडुब्बाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

sajilo news
झापा
२०८३ जेष्ठ २२ गते , शुक्रबार
भद्रपुर र टाघनडुब्बाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

झापामा लागू औषधसहित एकैदिन तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दमकका दुई युवा र बिर्ताबजारकी एक युवती रहेका छन् । हिजो साँझ ५;३० बजे झापा गाउँपालिका-५ सिलमडाँगीमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०२–०४२ प ३२४५ नम्बरको मोटरसाइकलका चालक दमक-६ बस्ने १९ वर्षीय विमल कार्कीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट कालो प्लास्टिकले पोका पारी ल्याएको प्लास्टिकबाहेक १४ ग्राम ०४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । सोही मोटरसाइकलमा पछाडि सवार दमक-१ बस्ने २० वर्षीय सन्देश कुमालसमेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

त्यस्तै हिजो दिउँसो ४ बजे भद्रपुर-५ नयाँ बजारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पैदल यात्री बिर्तामोड-३ बिर्ताबजार बस्ने २२ वर्षीया पुष्पा परियारलाई लागू औषधसहित पक्राउ गरेको छ ।

शंका लागेर चेकजाँच गर्दा उनले पेटभित्र प्लास्टिकको पोको पारी लुकाइछिपाई राखेको प्लास्टिकबाहेक २ ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई पनि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको छ ।

सम्बन्धित समाचार