२०८३ जेष्ठ २२ गते , शुक्रबार
कनकाईका चारवटा मन्दिरबाट 'घण्टी' चोरी
केही महिनाभित्र कनकाई नगरपालिकाका चार वटा मन्दिरबाट घण्टी चोरी भएको छ । दिउँसै मन्दिरबाट घण्टी हराउन थालेपछि धर्मावलम्बीहरू चिन्तित भएका छन् । कनकाई नगरपालिका- ६ मा रहेको गायत्री मन्दिरबाट हिजो दिउँसो घण्टी चोरी भएको हो । मन्दिरको दक्षिणपट्टिको ढोका फोरेर घण्टी चोरी भएको बताइएको छ ।
दुई महिना अगाडि कनकाई-४ मा रहेको मनकामना मन्दिरको लगभग १० केजीको घण्टी चोरी भएको थियो । त्यस्तै कनकाई-५ तुलसीवारिमा रहेको गोकर्णेश्वर शिवालय मन्दिरबाट गणेशको मूर्ति रु भारु ५० हजार चोरी भएको थियो ।
कनकाई-५ मै गजकाली मन्दिरको पनि ६ केजीको घण्टी चोरी भएको थियो । कनकाईमा मन्दिरहरूबाट दिउँसै मूर्ति र घण्टी हराउन थालेपछि स्थानीयले प्रहरी प्रशासनसँग सुरक्षाको माग गरेका छन् ।