२०८३ जेष्ठ २४ गते , आईतबार
कामधेनु सहकारीका कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी
झापा जिल्ला अदालतले आत्महत्या दुरुत्साहन सम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
कमल मिश्र र तेजप्रसाद सुवेदीसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा प्रतिवादी रञ्जित कुमार झा र शेरबहादुर खड्काविरुद्ध क्रमशः ७ दिन र ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ।
अदालतका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा बसोबास गर्दै आएका झापाको साबिक कुमरखोद गाविस–९ निवासी ४३ वर्षीय रञ्जित कुमार झा तथा तेह्रथुमको साबिक जलजले गाविस–४ निवासी हाल मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बस्ने ३५ वर्षीय शेरबहादुर खड्का अदालतमा उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो।