२०८३ जेष्ठ २५ गते , सोमबार
झापामा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
झापामा लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–८ धिमाल बस्तीबाट ५९ वर्षीय भुलेन धिमाललाई पक्राउ गरेको हो। प्रहरीका अनुसार झापा जिल्ला अदालतले २०८१ चैत १० गतेको फैसलाबाट धिमाललाई लागुऔषध मुद्दामा २ वर्ष ४ महिना १९ दिन कैद तथा २० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो।
अदालतको फैसला पश्चात् फरार रहेका उनलाई आज साँझ करिब ६ बजे आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका धिमाललाई फैसला कार्यान्वयनका लागि भोलि अदालतमा उपस्थित गराइनेछ।