२०८३ जेष्ठ २६ गते , मंगलबार

इन्स्पेक्टर विवेकलाई सेवाबाट हटाउने सरकारको तयारी

sajilo news
काठमाडौं
२०८३ जेष्ठ २६ गते , मंगलबार
इन्स्पेक्टर विवेकलाई सेवाबाट हटाउने सरकारको तयारी

गृह मन्त्रालयले डा‍. विवेक पन्थीलाई कारबाही गर्ने भएको छ। मन्त्रालयले नेपाल प्रहरीको प्राविधिक समूहतर्फ कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. पन्थीलाई स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक पन्थी गत चैत २६ गतेदेखि दुई दिनको भइपरी बिदा स्वीकृत गरी बसेका थिए। तर बिदा समाप्त भएपछि चैत ३० गतेदेखि उनी कार्यालयमा हाजिर नभएको र बिना जानकारी गैरहाजिर रहेको उल्लेख गरिएको छ।

सम्बन्धित कार्यालय तथा स्थानीय तहबाट खोजतलास गर्दा समेत सम्पर्कमा नआएपछि प्रहरी नियमावली, २०७१ (संशोधन सहित) बमोजिम प्रक्रिया अघि बढाइएको हो।

गृह मन्त्रालयले आज गोरखापत्रमा आज सूचना जारी गर्दै बाटोको म्यादबाहेक ७ दिनभित्र गैर-हाजिरीको कारण खुलाइ सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको भनेको छ।

तोकिएको अवधिभित्र उपस्थित नभएमा प्रहरी नियमावली बमोजिम ‘भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ चेतावनीसमेत दिएको छ ।

सम्बन्धित समाचार