२०८३ जेष्ठ २९ गते , शुक्रबार

विश्वकप फुटबलमा दक्षिण कोरियाको विजयी सुरुवात

sajilo news
एजेन्सी
२०८३ जेष्ठ २९ गते , शुक्रबार
विश्वकप फुटबलमा दक्षिण कोरियाको विजयी सुरुवात

विश्वकप फुटबलमा दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा चेक रिपब्लिकलाई २-१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

यो जितसँगै दक्षिण कोरियाले तीन अंक बटुलेको छ र समूह ए को दोस्रो स्थानमा उक्लेको छ। आयोजक मेक्सिको पनि तीन अंकमा शीर्षमा छ। उसले यसअघिको खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो। यी नतिजाले दक्षिण कोरियासँगै मेक्सिकोको नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो भएको छ।

स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेक टिमले ५९औं मिनेटमा अग्रता लिएको थियो र उसका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल गरे । दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा ह्वाङ इन बेमले बराबरी गोल फर्काए। 

खेलको ८० औं मिनेटमा ओह ह्योन ग्युले निर्णायक गोल गरे। त्यसको ठीक अगाडि चेक गणतन्त्रको गोल गरे पनि त्यसले मान्यता पाएको थिएन र टोमस सोचेकको प्रहारलाई अफ साइड मानिएको थियो। 

सम्बन्धित समाचार