२०८३ असार १ गते , सोमबार
भारतबाट अवैध रूपमा ल्याइएका ब्रोइलर कुखुरा बरामद
झापाको मेचीनगरस्थित मेचिडाँडा क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका ब्रोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार अपराह्न करिब ४ बजे मेचीनगर नगरपालिका–६ मेचिडाँडा क्षेत्रमा भन्सार छली लुकाइछिपाइ ल्याइँदै गरेका २३ वटा ब्रोइलर कुखुरा बरामद गरेको हो। बरामद गरिएका कुखुराको अनुमानित मूल्य २३ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएका कुखुरा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याई पशु क्वारेनटाइन कार्यालय काँकडभिट्टाका कर्मचारीहरूको रोहवरमा साँझ ५:३० बजे खाल्डो खनेर पुरेर नष्ट गरेको जनाएको छ।