२०८३ आश्विन ४ गते , आईतबार

दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

sajilo news
काठमाडौं
२०८३ असार ३ गते , बुधबार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।अदालतको आदेशसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ। उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधवार थुनामा पठाउने आदेश दिएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो। उक्त मुद्दाका ३९ प्रतिवादी मध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी थिए। भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरेको थियो।

अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ र गोल्छालाई ५२ करोड ५० लाख बिगो कायम गरिएको थियो।प्रहरीले भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ गरेको थियो।

सम्बन्धित समाचार