नेपाल आउँदै गरेका कार बागडोगरामा दुर्घटना, बिर्तामोडका चौधरी गम्भीर घाइते
भारतको सिलिगुडीबाट आज साँझ नेपाल तर्फ आउने क्रममा दुर्घटनामा परेको कार झापा बिर्तामोडको रहेको खुलेको छ । बिर्तामोड बोलबम मण्डीमा घर भएका अमित चौधरी कारमा सवार रहेको बुझिएको छ । युवा व्यवसायी चौधरी कार दुर्घटनामा परेका हुन् । उनको सिलिगुडीस्थित ग्यालेक्सी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । पश्चिम बंगालस्थित बागडोगरामा कार अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको गाडीको बिच भागमा ‘टुक्रिएको’ छ । गाडीमा ४ जना सवार भनिए पनि यकिन हुन सकेको छैन । गाडी सडक किनारमा रहेको रुखमा ठोक्किएको देखिएको छ ।
सडकभन्दा बाहिर भागमा पुगेको गाडीलाई बागडोगरा ट्राफिकले क्रेन मार्फत निकालेको छ । सिलिगुडीबाट नेपाल तर्फ आउँदै गरेको कारमा सवार चौधरीको अवस्था गम्भीर रहेको भारतीय प्रहरी अधिकारीले जानकारी दिएका छन् । चौधरीको आफन्त परिवार हस्पिटल पुगिसकेको बुझिएको छ ।