२०८३ असार ८ गते , सोमबार

कचनकवलको गौरव बने जोयेश थापा, म्यानेजमेन्टतर्फ देशकै उत्कृष्ट भएको विद्यालयको दाबी

sajilo news
झापा
२०८३ असार ८ गते , सोमबार
कचनकवलको गौरव बने जोयेश थापा, म्यानेजमेन्टतर्फ देशकै उत्कृष्ट भएको विद्यालयको दाबी

झापाको कचनकवलका जोयेश थापाले कक्षा १२ मा म्यानेजमेन्टतर्फ नेपाल प्रथम गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै सार्वजनिक गरेको २०८२ को कक्षा १२ को वार्षिक परीक्षामा  कचनकवल गाउँपालिका-२ सुकुनाडिगीस्थित स्वर्णिम शिक्षा सदन माध्यमिक विद्यालयका छात्र थापाले म्यानेजमेन्टतर्फ नेपाल प्रथम गरेको विद्यालयको दाबी छ । छात्र थापाले ३.९६ जीपीए प्राप्त गरेका छन् । यसअघि उनको बारेमा गाउँपालिका टप गरेको समाचार बाहिर आइसकेको थियो ।

विद्यालयका प्रिन्सिपल दिवस भट्टराईका अनुसार सबैतिर बुझ्दा हाम्रा विद्यालयका छात्र थापा म्यानेजमेन्टतर्फ नेपाल प्रथम भएका छन् ।  साथै विद्यालयबाट परीक्षामा सहभागी सबै ३४ जना विद्यार्थी उत्तीर्ण भई विद्यालयले शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल भट्टराईले बताए । उनका अनुसार उत्तीर्ण विद्यार्थीहरूमध्ये १२ जनाले A+, ११ जनाले A र ११ जनाले B+ ग्रेड प्राप्त गरेका छन्। स्वर्णिम शिक्षा सदनको स्थापना २०६५ सालमा भएको हो । कक्षा १२ सम्मको पठनपाठन २०६९ सालबाट सुरु भएको हो । स्वर्णिम शिक्षा सदन कचनकवल गाउँपालिकाको पहिलो संस्थागत प्लस–टु विद्यालयका रूपमा परिचित छ।

सम्बन्धित समाचार