२०८३ असार १० गते , बुधबार

चट्याङका कारण झापामा तीन वटा एफएममा क्षति

sajilo news
झापा
२०८३ असार १० गते , बुधबार
चट्याङका कारण झापामा तीन वटा एफएममा क्षति

झापामा वर्षासँगै परेको चट्याङले तीन वटा एफएममा क्षति पुगेको छ । बिर्तामोडबाट सञ्चालित आँगन एफएम , रेडियो भिजन र रेडियो विराटमा क्षति पुगेको हो ।

शनिवार रातिको चट्याङका कारण आफ्‌नो रेडियोको ट्रान्समिटरमा क्षति पुगेको आँगन एफएमका प्रबन्ध निर्देशक इन्द्रजीत मुखियाले बताए । उनले रेडियो भिजन र रेडियो विराटको युपीएसमा क्षति पुगेको जानकारी दिए । चट्याङले उपकरणमा क्षति पुगेपछि ती रेडियोहरूको प्रसारण सेवा अवरुद्ध भएको जनाइएको छ ।

सम्बन्धित समाचार