झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ
स्वीप अपरेशन जारी राखेको झापा प्रहरी लागूऔषध नियन्त्रणका लागि निर्ममताका साथ लागिपरेको छ । प्रहरीले एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जनालाई पक्राउ गरेको हो । हिजो बिहान १० देखि साँझ ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टा तथा मातहत कार्यालयबाट खटिएको स्वीप अप्रेशन प्रहरी टोलीले विभिन्न स्थानहरूमा शङ्कास्पद अवस्थामा हिँडडुल गर्ने लागूऔषध सेवनकर्ताहरू ३७ जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको थियो । त्यस्तै ५५ ग्राम ९५० मिलिग्राम ब्राउन सुगरसहित ११ जना कारोबारी पक्राउ परेका छन् ।
लागूऔषध सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले बताए ।
लागू औषधसहित निम्न मानिसहरू पक्राउ परेको उनले जानकारी दिएका छन् । दमक नगरपालिका वडा नं. ८ बस्ने वर्ष ३२ का इन्द्रप्रसाद गिरी र वडा नं ७ नीलकण्ठ टोल बस्ने वर्ष ३८ की सज्नु खत्रीको साथबाट प्लास्टिकबाहेक ४४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै बिर्तामोड नगरपालिका वडा न. २ बस्ने वर्ष ३५ का अनिल लुइँटेलको साथबाट प्लास्टिकबाहेक ३५०मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।
त्यस्तै भद्रपुर नगरपालिका वडा नं. ७ बस्ने सुनिल धिमालको साथबार्ट प्लास्टिकबाहेक २ ग्राम १० मिलिग्राम ब्राउन सुगर बरामद हुँदा
मेचीनगर नगरपालिका वडा नं.१० बस्ने ३२ वर्षीय अस्पात शेखको साथबाट प्लास्टिकबाहेक १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । त्यस्तै मेचीनगर नगरपालिका वडा नं. १० बस्ने ३० वर्षीय गोरु भन्ने नसरु मियाँ र सोही ठाउँ बस्ने वर्ष ६० की अक्लिमा खातुनको साथबाट प्लास्टिकबाहेक २ ग्राम १३० मिलिग्राम ब्राउन सुगर भेटिएको छ ।
त्यस्तै पाँचथर फिदिम नगरपालिका वडा नं. १२ बस्ने २४ वर्षीय हितेश तावाहाङ र फिदिम ५ बस्ने १९ वर्षीय निरोज तामाङको साथबाट १ ग्राम २९० मिलिग्राम , इलाम चुलाचुली गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षीय विवेक राईको साथबाट ३ ग्राम , अर्जुनधारा नगरपालिका वडा नं. ६ बस्ने २६ वर्षीय प्रवीण श्रेष्ठ र बिर्तामोड नगरपालिका वडा नं. ५ बस्ने २८ वर्षीय रोशन श्रेष्ठको साथबाट ४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको डीएसपी अवाले जानकारी दिएका छन् ।