२०८३ असार १६ गते , मंगलबार
अर्जुनधारामा लागूऔषधसहित एक जना पक्राउ
झापाको अर्जुनधारामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । गएराति ११ बजे अर्जुनधारा-९ शनिश्चरे अस्पतालनजिकै प्रहरी चौकी शनिश्चरेबाट खटिएको गस्ती टोलीले कनकाई-३ बस्ने ३३ वर्षीय नन्दकिशोर गुप्तालाई पक्राउ गरेको हो ।
शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर १ ग्राम, नगद ७ हजार १५ रुपैयाँ र मोबाइल एक थान फेला परेको थियो । लागू औषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।