२०८३ असार १६ गते , मंगलबार

मोटरसाइकल रोकेर खोल्सीमा बेहोस भएका युवकको मृत्यु

sajilo news
झापा
२०८३ असार १६ गते , मंगलबार
मोटरसाइकल रोकेर खोल्सीमा बेहोस भएका युवकको मृत्यु

इलामको मैनाचुली सामुदायिक वनमा मोटरसाइकल रोकेर खोल्सीमा बेहोस भेटिएका युवकको मृत्यु भएको छ । आज दिउँसो ४ः०५ बजे इलाम माई नगरपालिका-८ स्थित मैनाचुली सामुदायिक वनमा मे १० प ८९५७ नम्बरको डुक मोटरसाइकल रोकेर अगाडिको खोल्सीमा माई नगरपालिका–८ दानावारि बस्ने २९ वर्षीय विकल गहतराज बेहोस अवस्थामा फेला परेका थिए । स्थानीयले देखेर उनलाई उद्धार गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर गरेका थिए । प्रहरी टोलीले त्यहाँबाट उपचारको लागि दमक अस्पताल पठाएको थियो । उपचारका क्रममा साँझ ६:१० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका उनले विषादी सेवन गरेका थिए । मृतकको शव दमक अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार