२०८३ असार १६ गते , मंगलबार

मुहर्रम पर्वमा नक्कली हतियार प्रदर्शन गर्ने युवक पक्राउ

sajilo news
मोरङ
२०८३ असार १६ गते , मंगलबार
मुहर्रम पर्वमा नक्कली हतियार प्रदर्शन गर्ने युवक पक्राउ

मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार प्रदर्शन गरी त्रास फैलाएको आरोपमा एक युवक पक्राउ परेका छ ।  विराटनगर महानगरपालिका–९ का २३ वर्षीय मोहम्मद इजराइललाई नक्कली बन्दुकसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार असार १२ गते मुस्लिम समुदायले मुहर्रम पर्व मनाउने क्रममा इजराइलले नक्कली हतियार (बन्दुक) बोकेर सर्वसाधारणलाई त्रसित र आतङ्कित बनाएपछि पक्राउ गरिएको हो ।

नक्कली हतियार बोकेर हिँडेको उनको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीले असार १५ गते राति ९ः ४० बजेतिर नक्कली हतियारसहित उनलाई घरबाट नियन्त्रणमा लिएको डीएसपी मिश्रले बताए । बरामद गरिएको नक्कली हतियार र इजराइललाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार