२०८३ असार १८ गते , विहीबार
हल्दीबारीमा हिलोमा गाडिएको अवस्थामा पुरुषको शव फेला
झापाको हल्दीबारीमा अनुहार हिलोमा गाडिएको अवस्थामा एक पुरुष मृत फेला परेका छन् । हल्दीबारी गाउँपालिका-२ कलाधर बस्तीस्थित हल्दिबारी–बिर्तामोड भित्री पक्की सडकको छेउमा जोतेको खेतको हिलोमा बिर्तामोड नगरपालिका-९ निवासी ४९ वर्षीय होमप्रसाद सुवेदी मृत फेला परेका हुन् ।
आज बिहान ५ः२० बजे साइकलसहित अनुहार गाडिएको अवस्थामा उनलाई मृत फेला पारी स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी चौकी हल्दीबारीको टोली घटनास्थल पुगेको थियो ।
थप अनुसन्धान तथा कानुनी प्रक्रियाका जिल्ला प्रहरी कार्यालय झापाको टोेली पुगेर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । मृतककी छोरी हल्दीबारी-२ निवासी योगमाया सुवेदी भट्टराईले शवको पहिचान गरेकी थिइन् ।