२०८३ असार १८ गते , विहीबार

भेनेजुएला भूकम्प : मृतकको संख्या २ हजार २९५ नाघ्यो

sajilo news
एजेन्सी
२०८३ असार १८ गते , विहीबार
भेनेजुएला भूकम्प : मृतकको संख्या २ हजार २९५ नाघ्यो

भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मृत्यु हुनेको संख्या २ हजार २ सय नाघेको छ । हालसमम २ हजार २ सय ९५ जनाको मृत्यु भइसकेको हो ।

यस विपत्तिमा ११ हजारभन्दा बढी मानिस घाइते भएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान अझै जारी छ । सबैभन्दा बढी क्षति ला गुएरा राज्यमा भएको छ । त्यहाँका धेरै घर, व्यापारिक भवन र अन्य संरचना पूर्ण रूपमा भत्किएका छन् ।

भूकम्प गएको करिब एक सातापछि पनि धेरै मानिस भग्नावशेषमा फसेको आशंकामा खोज तथा उद्धार कार्य निरन्तर सञ्चालन भइरहेको छ । यसैबीच, उद्धार अभियानलाई सघाउन मेक्सिकोको प्रसिद्ध ‘टोपोस’ उद्धार टोली भेनेजुएला पुग्ने भएको छ ।

सन् १९८५ को मेक्सिको भूकम्पपछि स्थापना भएको यो टोली भग्नावशेषमा पुरिएका मानिसको खोजी र उद्धारमा विश्वभर परिचित मानिन्छ । टोलीले थर्मल क्यामेरा, अति संवेदनशील माइक्रोफोनलगायत आधुनिक उपकरण प्रयोग गरेर उद्धार अभियान सञ्चालन गर्ने गर्दछ । अन्तर्राष्ट्रिय उद्धार टोलीहरू प्रभावित क्षेत्रमा दिनरात खटिरहेका छन् । जीवित व्यक्तिको खोजीलाई अझ तीव्र बनाइएको छ ।

सम्बन्धित समाचार