२०८३ असार १८ गते , विहीबार
स्वर्गीय पुत्रको स्मृतिमा प्रादेशिक अस्पताल भद्रपुरलाई ६ थान बेन्च सहयोग
भद्रपुर । स्वर्गीय प्रवेश मगर (अन्जान) को स्मृतिमा उनका बुबा पूर्णबहादुर मगर र आमा मेनुका मगरले भद्रपुरस्थित प्रादेशिक अस्पताललाई ६ थान फलामे बेन्च सहयोग गरेका छन्।
भद्रपुर नगरपालिका–३ निवासी मगर दम्पतीले आफ्ना दिवङ्गत पुत्रको सम्झनामा अस्पतालमा उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तलाई सहजता होस् भन्ने उद्देश्यले बेन्च उपलब्ध गराएका हुन्।
बेन्च हस्तान्तरण कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जयकुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो।
अस्पताल परिसरमा राखिने यी बेन्चले उपचारका लागि आउने सेवाग्राही तथा कुरुवालाई बस्न सहज हुने विश्वास गरिएको छ। मगर दम्पतीको यस सहयोगलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरणका रूपमा स्थानीयले प्रशंसा गरेका छन्।