२०८३ असार २० गते , शनिबार
झापामा विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ
झापामा एक शिक्षकले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । अर्जुनधारा नगरपालिका–५ स्थित भानु माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।
विद्यालयका शिक्षक दुर्गा शिवाकोटीले यौन दुर्व्यवहार गरेको भन्दै भानु माविका छात्राहरूले शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा सामूहिक जाहेरी दिएका छन् ।
शिक्षक शिवाकोटीले विभिन्न प्रलोभन देखाएको, व्यक्तिगत भेटघाटका लागि दबाब दिएको र घटना बाहिर नबताउन धम्की दिएको विद्यार्थीहरूले आरोप लगाएका छन्। जाहेरीपछि शिक्षक सिवाकोटीलाई पक्राउ गरिएको प्रहरी निकट स्रोतले जनाएको छ ।