२०८३ असार २० गते , शनिबार

कनकाई नदीमा साथीहरूसँग पौडी खेल्न गएका एक बालकको उद्धार

sajilo news
झापा
२०८३ असार २० गते , शनिबार
कनकाई नदीमा साथीहरूसँग पौडी खेल्न गएका एक बालकको उद्धार

झापाको कनकाई नदीमा बग्दै गरेका एक बालकको उद्धार गरिएको छ । आज दिउँसो २ बजे कनकाई नगरपालिका-२ भुरुङ्गास्थित कनकाई नदीमा बग्दै गरेका कनकाई-४ नवज्योति टोल निवासी पदमबहादुर लिम्बूका ८ वर्षीय छोरा सुनिल लिम्बूको उद्धार गरिएको हो ।

खोलामा बग्दै आइरहेको अवस्थामा स्थानीयवासीले देखेर बालकलाई उद्धार गरी किनारामा ल्याएका थिए । शनिवार बिदाका गर्मी छल्न लिम्बू साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेपछि साथीहरू भागेको र त्यहाँ रहेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराउनसाथ प्रहरी वरिष्ठ नायव निरीक्षक रबी राईको कमान्डमा टोली खटिएर ती बालकको उद्धार गरी उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गा पठाइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार