२०८३ असार २१ गते , आईतबार

मोरक्को क्वाटर फाइनलमा, सहआयोजक क्यानडा बाहिरियो

sajilo news
एजेन्सी
२०८३ असार २१ गते , आईतबार
मोरक्को क्वाटर फाइनलमा, सहआयोजक क्यानडा बाहिरियो

फिफा विश्वकप २०२६ अन्तर्गत क्यानडालाई पराजित गर्दै मोरक्को क्वाटर फाइनलमा प्रवेश गरेको छ। ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोले सहआयोजक क्यानडालाई ३-० ले पराजित गरेको हो। 

क्यानडालाई पराजित गर्दै मोरक्को विश्वकप २०२६ को क्वार्टर फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ। खेलको पहिलो हाफमा मोरक्को विरुद्ध क्यानडाको आक्रमण हाबी रह्यो। तर गोल भने दुवै टोलीले निकाल्न सकेनन्।

खेलको २२ औं मिनेटमा मोरक्कोले आफ्नो भरपर्दो स्ट्राइकर स्माइल साइबेरीलाई गुमायो। उनी चोटिल हुँदै मैदानबाट बाहिरिए।‌ पहिलो हाफमा पहिलो कार्डको वर्षा नै भयो। चारवटा पहेंलो कार्ड मोरक्कोका खेलाडीले पाउँदा दुईवटा पहेंलो कार्ड क्यानडाका खेलाडीलाई देखाइयो। 

खेलको दोस्रो हाफमा भने मोरक्को सुरुवाती समयबाटै केही सुधारिएको प्रदर्शन प्रदर्शन गर्न थाल्यो। खेलको ५० औं मिनेटमा मोरक्कोले गोल निकाल्यो।  मोरक्कोले फ्री किक मा पाएको अवसरलाई गोलमा परिणत गरेको हो। मोरक्कोको लागि अज्जेदिन ओनाहीले खेलको ५० औं मिनेटमा गोल गरेका हुन्।८२ औ‌ मिनेटमा मोरक्कोको लागि अज्जेदिन ओनाहीले उत्कृष्ट फिनिस गरे।

खेलको नियमित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको आठौँ मिनेटमा सूफियान रहिमीले मोरक्कोको लागि तेस्रो गोल गरे। यो गोल नै क्यानडा विरुद्ध मोरक्को अन्तिम गोल भयो। शनिबार बिहान राउन्ड ३२ को खेलहरू सकिएको थियो।

सम्बन्धित समाचार