२०८३ असार २१ गते , आईतबार

हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

sajilo news
झापा
२०८३ असार २१ गते , आईतबार
हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

जंगली हात्तीको आक्रमणबाट चितवनमा आमा-छोराको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी आमा र चार वर्षीय छोराको मृत्यु भएको हो ।

गएराति करिब ११ बजे जंगली हात्ती स्थानीय पूर्ण बोटेको घरमा प्रवेश गरी घरभित्र सुतिरहेका उनकी श्रीमती अन्दाजी २५ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो। आक्रमणबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

सम्बन्धित समाचार