२०८३ असार २४ गते , बुधबार

पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

sajilo news
झापा
२०८३ असार २४ गते , बुधबार
पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एकजना कर्मचारीको मृत्यु भएको छ।

यहाँस्थित उक्त कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्‌को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो।

उनी करार सेवाका कर्मचारी थिए। विद्युत्‌को पोल मर्मत गर्दा करेन्ट प्रवाह भए/नभएको सम्बन्धमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए।

सम्बन्धित समाचार