२०८३ असार २६ गते , शुक्रबार
शरीर बन्धक र संगठित अपराधमा बिर्तामोडका गङ्गा गिरी पक्राउ
त्रिशूल सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आएका बिर्तामोडका गङ्गा गिरी पक्राउ परेका छन् । बिर्तामोड ४ निवासी पूर्व भारतीय सैनिक ४४ वर्षीय गङ्गाबहादुर गिरीलाई खोजतलास गर्ने क्रममा बिहीबार बिर्तामोड नगरपालिका-३ बिर्ताबजारबाट प्रहरीले पक्राउ गरेको हो । उनीमाथि आपराधिक लाभ (एक्स्टर्सन), शरीर बन्धक र संगठित अपराध गरेको आरोप लागेको हो ।
झापा जिल्ला अदालतबाट आज ५ दिन म्याद थप गरी अन्य अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् । बिर्तामोडमा बाउन्सर परिचालन गर्दै आएका गिरीलाई गुन्डागर्दी गर्ने गरेको आरोप लाग्ने गरेको छ ।