२०८३ असार २६ गते , शुक्रबार

दक्षिणपूर्वबाट ८३६ जना नेपालीको उद्धार

sajilo news
झापा
२०८३ असार २६ गते , शुक्रबार
दक्षिणपूर्वबाट ८३६ जना नेपालीको उद्धार

सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यान्मा, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको जनाएको छ।

परराष्ट्र मन्त्रालयको आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट ७०९ जना, म्यान्माबाट ११३ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जनाको उद्धार गरिएको जानकारी दिए।

उनले भने, “दक्षिणपूर्वका कम्बोडिया, म्यान्मा, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा ठगिन पुगेका नेपालीको उद्धार तथा त्यस विषयमा सचेतनाका लागि निरन्तर समन्वय र पहल जारी राखेका छौँ।”

दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। यो वर्ष कम्बोडिया सरकारले जम्मा ६०२ जनाको शुल्क मिनाहा गरेको प्रवक्ता पौडेलले बताए।

सम्बन्धित समाचार