२०८३ आश्विन ४ गते , आईतबार

बालबालिकाका सुनका मुन्द्रा चोरी गर्ने एक जना पक्राउ

sajilo news
झापा
२०८३ असार २७ गते , शनिबार
बालबालिकाका सुनका मुन्द्रा चोरी गर्ने एक जना पक्राउ

झापाको सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर लगायतका क्षेत्रमा बालबालिकाका सुनका मुन्द्रा चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई आज बिहान करिब ८ बजे सुरुङ्गा पश्चिम बस स्ट्यान्डबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं ९ संगम चौक घर भएका बिजु भनिने विजय दर्जी रहेका छन् । शिवालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार