२०८३ असार २९ गते , सोमबार

रोटरी तथा रोट्र्याक्ट क्लब अफ भद्रपुरको नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण

sajilo news
झापा
२०८३ असार २८ गते , आईतबार
रोटरी तथा रोट्र्याक्ट क्लब अफ भद्रपुरको नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण

भद्रपुर । रोटरी तथा रोट्र्याक्ट क्लब अफ भद्रपुरको नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै पदस्थापन समारोह सम्पन्न भएको छ। भद्रपुरस्थित एयरपोर्ट होटलमा आयोजित समारोहमा रोटरी क्लब अफ भद्रपुरका निवर्तमान अध्यक्ष धनजुजु श्रेष्ठले नवनिर्वाचित अध्यक्ष मनोज पराजुलीलाई अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका छन् । 

समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर जितेन्द्रराज राजभण्डारीले नवनिर्वाचित अध्यक्ष पराजुलीलाई शपथ खुवाएका थिए ।  रोटरी डिस्ट्रिक्टअन्तर्गत असिस्टेन्ट गर्भनर एजीमा भेषराज ढकाल, इमिडियट पास्ट प्रेसिडेन्ट (आईपीपी) मा धन जुजु श्रेष्ठ, चार्टर प्रेसिडेन्टमा किशोर पराजुली, प्रेसिडेन्ट–इलेक्टमा अजयकुमार साहेवाला, प्रेसिडेन्ट नोमिनीमा उज्ज्वल श्रेष्ठ, सचिवमा नरेश पराजुली, कोषाध्यक्षमा पवनकुमार श्रेष्ठ, मेम्बरसिप चेयरमा राजकुमार पोखरेल, पब्लिक इमेज चेयरमा टीकाराज ढकाल, क्लब एडमिनिस्ट्रेसन चेयरमा दीपेश ढकाल, आईटी चेयरमा विगत ओझा, द रोटरी फाउन्डेसन (टीआरएफ) चेयरमा ईश्वर अधिकारी, सर्भिस चेयरमा आदित्य पराजुली, सोसल मिडिया म्यानेजरमा नितेश वर्मा तथा सर्जेन्ट एट आर्म्समा निरज पराजुली चयन भएका छन् । 

सोही अवसरमा रोट्र्याक्ट क्लब अफ भद्रपुरको नेतृत्व पनि हस्तान्तरण गरिएको थियो। निवर्तमान अध्यक्ष चन्दन महतोले नवनिर्वाचित अध्यक्ष रियाज ढकाललाई अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका छन् । 

रोट्र्याक्ट क्लबको नवनिर्वाचित कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा सन्देश बीके, द्वितीय उपाध्यक्षमा कुशल महत, सचिवमा आरोग्य तिम्सिना र कोषाध्यक्षमा कुनाल कपुर चयन भएका छन्।

त्यसैगरी, कम्युनिटी सर्भिस डाइरेक्टरमा आराध्या प्याराकुरेल, क्लब एड्मिनिस्ट्रेटरमा कृतिप अधिकारी, एसएआरमा आदित्य दास, पब्लिक इमेज डाइरेक्टरमा लुङ्मा सुब्बा, यङ लिडर कन्ट्याक्टमा रेहान थापा तथा रोटरी फाउन्डेसन चेयरमा अलेशा काकी चयन भएका छन्।

त्यस्तै, प्रोफेसनल सर्भिस डाइरेक्टरमा आरोग्य तिम्सिना, इन्टरनेसनल सर्भिस डाइरेक्टरमा प्राकृत बोरा, इन्टर्याक्ट कोअर्डिनेटरमा सुभम कार्ना, लर्निङ फ्यासिलिटेटरमा अभिषेक चौधरी तथा एड्भाइजरमा गिरिश रत्न शाक्य रहेका छन्। 

कार्यक्रममा विशेष अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, पूर्व डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरी, असिस्टेन्ट गभर्नर नवीन गट्टानी, रोटरी क्लब अफ भद्रपुरका चार्टर प्रेसिडेन्ट किशोर पराजुली तथा पूर्व अध्यक्ष विनोद चापागाईंलगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रेसिडेन्ट–इलेक्ट अजय साहेवालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन क्लबका सचिव नरेश पराजुलीले गरेका थिए । कार्यक्रममा रोटरी तथा रोट्र्याक्ट परिवारका सदस्य, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, शुभेच्छुक तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित समाचार