२०८३ असार ३० गते , मंगलबार
मेचीनगरको जोरसिमलबाट स्टेशनरी सामानसहित एउटा पिकअप नियन्त्रणमा
मेचीनगरको जोरसिमलबाट लाखौँको स्टेशनरी सामानसहित एउटा पिकअप सशस्त्रले नियन्त्रणमा लिएको छ । गएराति ९ः४० बजे मेचीनगर नगरपालिका ७ जोरसिमलमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेक्वा काँकडभिट्टाबाट खटिएको चेकप्वाईन्ट टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा प्रदेश १–०१–००११ च ९८४२ नम्बरको पिकअपमा भारतबाट अवैध रुपमा भन्सार छली भित्राएर ल्याएको स्टेशनरी सामान बरामद गरेको हो ।
ड्युटीलाई देखेर पिकअप छाडी चालक फरार भएका थिए । पिकअपमा अन्दाजी मूल्य ३ लाख मूल्यको स्टेशनरी सामान र पिकअपको अन्दाजी मूल्य ५ लाख गरी जम्मा ८ लाख बराबरको गाडी र सामान नियन्त्रणमा लिई मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।