२०८३ असार ३१ गते , बुधबार
हल्दिबारीमा ब्राउनसुगरसहित एकजना पक्राउ
झापाको हल्दिबारीमा लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । गएराति ८ बजे हल्दिबारी गाउँपालिका ३ मेजरनी चोक निवासी २६ वर्षीय सनम गुरुङ पक्राउ परेका हुन् । गुरुङको साथबाट प्लास्टिकसहित १ ग्राम ७५ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । बेचबिखन गर्न प्लास्टिकमा सात वटा पोको पार्दै गरेको अवस्थामा फेला पारी उनलाई नियन्त्रणमा लिई प्रहरी चौकी जलथलले जिल्ला पठाएको छ ।