२०८३ असार ३१ गते , बुधबार

बिर्ताबजारको इभी चार्जिङ स्टेसन किन सञ्चालनमा आएन ?

sajilo news
झापा
२०८३ असार ३१ गते , बुधबार
बिर्ताबजारको इभी चार्जिङ स्टेसन किन सञ्चालनमा आएन ?

निर्माण भएको एक वर्ष हुन लाग्दा समेत बिर्तामोड नगरपालिका-३ स्थित बिर्ताबजारमा रहेको विद्युतीय सवारीसाधन इभी चार्जिङ स्टेसन सञ्चालन हुन सकेको छैन ।

कोशी प्रदेश सरकारको खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्रालयको सहयोगमा बिर्तामोड नगरपालिकाको दमकल राख्ने ठाउँमा सो चार्जिङ स्टेसन निर्माण गरिएको छ । आफू खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री हुँदाखेरि कोशी प्रदेशमा १० वटा चार्जिङ स्टेसनको लागि बजेट विनियोजन गरेको प्रदेश सांसद एकराज कार्कीले बताए । अन्य स्थानमा बनेका चार्जिङ स्टेसनहरू चालु भइसकेका छन् ।

२० दिनअघि भद्रपुर नगरपालिका–७ चन्द्रगढीस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयनजिक निर्माण गरिएको चार्जिङ स्टेसन सञ्चालन गरिएको थियो । सो चार्जिङ स्टेसन पनि खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्रालयको सहयोगमा निर्माण भएको थियो ।

निर्माण सम्पन्न भइसकेर विद्युतीय लाइन पनि जोडिसकेकाले साउन महिनाभित्रै चार्जिङ स्टेसन सञ्चालन गरिने बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिए । विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले ढिलाइ भएको भन्दै उनले राजपत्रमा दररेट प्रकाशित गरेपछि सञ्चालनमा ल्याइने बताए ।

सम्बन्धित समाचार