काँकडभिट्टामा लागूऔषधसहित तीनजना पक्राउ
झापाको काँकडभिट्टामा लागू औषधसहित तीनजना पक्राउ परेका छन् । भारतबाट लागूऔषध लिएर आउँदै गर्दा काँकडभिट्टाको मेची पुलमा उनीहरू पक्राउ परेका हुन् ।
बुधबार दिउँसो ३ बजे मेचीनगर-६ स्थित पुरानो मेची पुलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड १ बस्ने वर्ष ३० का मोहम्मद। सद्धाम हुसेन र भारत बिहार किशनगंज दोहाबारी पनासिहाट ठेगाना भई हाल बिर्तामोड ५ बस्ने १९ वर्षीय मुबारक अलिको साथबाट प्लास्टिकबाहेक ३ ग्राम २८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
त्यस्तै इलाम फाकफोकथुम ३ बस्ने वर्ष ४१ का रमेश थेगिमको साथबाट प्लास्टिकबाहेक २ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।