२०८३ श्रावण ३ गते , आईतबार

वैदिक सनातन भद्रपुरद्वारा धार्मिक क्षेत्र संरक्षण अभियान सुरु

sajilo news
झापा
२०८३ श्रावण २ गते , शनिबार
वैदिक सनातन भद्रपुरद्वारा धार्मिक क्षेत्र संरक्षण अभियान सुरु

भद्रपुर नगर क्षेत्रभित्र रहेका मठ मन्दिरलगायत धार्मिक क्षेत्र संरक्षण तथा सो क्षेत्रको अवस्थाका बारेमा अभियान सुरु गरिएको छ । श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल भद्रपुर नगर समितिले शुक्रवारबाट अभियान सुरु गरेको हो ।

समितिको आयोजनामा भद्रपुर २ स्थित सगरमाथामा रहेको श्री राधाकृष्ण मन्दिर परिसरमा वृक्षारोपण एवम् सरसफाई कार्यक्रम गरेको थियो । मन्दिर समिति ,स्थानीयवासी र आयोजक समितिले संयुक्त रुपमा बिरुवा रोपेर अभियानको उद्घाटन गरेका थिए ।

आयोजक समितिका अध्यक्ष हुतराज (उत्तम) नेपालको अध्यक्षता एवम् मन्दिर समितिका उपाध्यक्ष जगन्नाथ गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको स्वागत तथा औचित्यमाथि संस्थाका उपाध्यक्ष उदय प्रसाद खनाल शास्त्रीले प्रस्ट पारेका थिए । संस्थाका कार्यसमिति सदस्य नीरज निरौलाले सञ्चालन गरेको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो । समितिले अभियान अन्तर्गत शनिवार(आज) भद्रपुर ६ मा रहेको कैलाशेश्वर शिव पाञ्चायन मन्दिरमा र भोली आइतबार भद्रपुर ९ स्थित कैलाशेश्वर शिव पाञ्चायन मन्दिरमा कार्यक्रम हुने भएको समितिले जानकारी दिएको छ ।

यसैगरी संस्थाले यही आउँदो साउन १६ गते भद्रपुर नगरका सामुदायिक तथा निजी विद्यालयका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाइ सहभागी गराएर नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिने भएको समितिका सचिव खेमराज नेपालले बताए । कार्यक्रममा विद्यालयबाट प्रतिनिधित्व गर्ने विजेतालाई प्रथम,द्वितीय र तृतीय क्रमशः १५ हजार १० हजार र ५ हजार प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने उनले जानकारी दिए । कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको उनले जनाए । भद्रपुर क्षेत्रमा रहेर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । नगर क्षेत्रभित्र हालसम्म १ सय ५० जना आबद्ध छन् ।   

सम्बन्धित समाचार