२०८३ श्रावण ५ गते , मंगलबार

दमकमा ब्राउन सुगरसहित एक कारोबारी पक्राउ

sajilo news
झापा
२०८३ श्रावण ४ गते , सोमबार
दमकमा ब्राउन सुगरसहित एक कारोबारी पक्राउ

झापाको दमकबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। दमक नगरपालिका–१ हवल्दार चोकस्थित  ‘टपरी होटल’ मा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा इलाम चुलाचुली गाउँपालिका–४ पालिका टोलका ३५ वर्षीय पूर्णकुमार राई  पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार होटेलमा लुकीछिपी लागुऔषध बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले राईलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । उनको शरीर र साथमा रहेको सामान खानतलासी गर्दा लुकाइराखिएको अवस्थामा ब्राउन सुगर २२.१५ ग्राम बरामद भएको हो ।

लागुऔषधका साथै प्रहरीले राईको साथबाट एक थान मोबाइल फोन र उनले प्रयोग गरेको मे १० प ३९७० नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार