२०८३ श्रावण ५ गते , मंगलबार

सार्वजनिक बिदा पुनरवलोकनका लागि कार्यदल गठन

sajilo news
झापा
२०८३ श्रावण ४ गते , सोमबार
सार्वजनिक बिदा पुनरवलोकनका लागि कार्यदल गठन

सरकारले सार्वजनिक बिदा पुनरवलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। शनिबार र आइतबार दुई दिन बिदा थालिएपछि सार्वजनिक बिदा पुनरवलोकन गर्न आवश्यक देखिएको भन्दै सरकारका सचिवहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। 

गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको हो । कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय पनि भएको छ।

सम्बन्धित समाचार