२०८३ श्रावण ५ गते , मंगलबार
कचनकवलको बनियानीबाट चार जुवाडे पक्राउ, दुई फरार
झापाको कचनकवल गाउँपालिका-६ बनियानी बजारबाट चारजना जुवाडे पक्राउ परेका छन् । गएराति ११ बजेतिर बनियानी बजारस्थित लक्ष्मी माविअगाडिको एक किराना पसलमा जुवा तास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका हुन् ।
तासको खालबाट पक्राउ पर्नेहरूको साथबाट नगद ४६ हजार ९७० रुपैयाँ बरामद भएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी टोली खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा दुई जना फरार भएका छन् । उनीहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।