२०८३ श्रावण ५ गते , मंगलबार

काठमाडौंमा एक युवतीले गरिन् आत्मदाहको प्रयास

sajilo news
काठमाडौं
२०८३ श्रावण ५ गते , मंगलबार
काठमाडौंमा एक युवतीले गरिन् आत्मदाहको प्रयास

काठमाडौंमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई गोकर्णेश्‍वर नगरपालिका - ८ माकलबारी आएकी २७ वर्षीय सालु गुरुङले गएराति पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एवम् एसपी पवन कुमार भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानमाा श्रीमानसँग विवाद हुँदा खाजा घर पछाडिको पार्किङमा आफूले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएकी हुन्।

गुरुङका दम्पत्तिले खाजा घर सञ्चालन गर्दै आएका थिए। पेट्रोल छर्किएर आगो आगो लगाउँदै गर्दा श्रीमानले फेला परेर आगो निभाएका थिए।

उनलाई उपचारका लागि सुरुमा शुस्मा कोइराला मेमोरियल अस्पताल लगिएको र त्यहाँबाट कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको एसपी भट्टराईले जानकारी दिए । गुरुङको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत जलेको  छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ।

सम्बन्धित समाचार