२०८३ श्रावण ५ गते , मंगलबार

अर्जुनधारामा निदाएको मौका छोप्दै चार तोला सुन लिएर किशोरी फरार

sajilo news
झापा
२०८३ श्रावण ५ गते , मंगलबार
अर्जुनधारामा निदाएको मौका छोप्दै चार तोला सुन लिएर किशोरी फरार

झापाको अर्जुनधारामा सुतिरहेको अवस्थामा एक महिलाको सुनको गरगहना चोरी भएको छ । अर्जुनधारा नगरपालिका-५ स्थित बिहानी टोल निवासी रुपा तिम्सिनाको घरबाट गरगहना चोरी भएको हो ।

रुपा तिम्सिनाले बिर्तामोड नगरपालिका–५ मेघा कम्प्लेक्सस्थित आफ्‌नो क्यान्टिनमा काम गर्न राखेको तत्काल ठेगाना नखुलेको अन्दाजी १७ वर्षीय अनु राईसँगै सुतेकी थिइन् । दुवै जना एउटै कोठामा सुतिरहेको अवस्थामा रुपा निदाएको मौका पारी उनले लगाएको दुई तोलाको सुनको सिक्री र दुई तोलाको सुनको ब्रासलेट अनुले चोरी गरेकी हुन् ।

सुनको गरगहना खोली बाहिरबाट ढोकाको चुकुल लगाई अनु फरार भएको बुझिएको छ । घटनाबारे राति साढे १२ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । फरार भएकी अनुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार