झापा गाउँपालिकामा खुकुरी र छुरीसहित आक्रमण गर्न खोज्ने चार युवक पक्राउ
झापा । झापा गाउँपालिकामा खुकुरी र छुरीसहित आक्रमण गर्न खोज्ने चार युवक पक्राउ परेका छन् । गएराति ११ बजे झापा गाउँपालिका ५ पुरानो शरणामतिका२६ वर्षीय सुरेश हेमरममाथि आक्रमण गर्न वडा नम्बर ६ शरणामति चन्द्रबस्ती बस्ने २० वर्षीय आकाश मुर्मुले सोही ठाउँ बस्ने १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर बिक र १८ वर्षीय रोहण कर्मकारलाई खुकुरी र छुरीसहित लिएर आएका थिए । हेमरमको घरमा आई घर घेरा हालेर ‘काटी दिन्छु मारी दिन्छु’भन्दै आक्रमणको प्रयास गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटना बारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी शरणागतिको संयुक्त टोलीले खुकुरी र छुरीसहित चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय कुरमरखोदबाट थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।
सुरेश हेमरम र आकाश मुर्मुबिच फोनमा विवाद भएको थियो । सोही विवादलाई लिएर मुर्मुले ग्याङ लिएर हेमरमको घरमा आक्रमण गर्न आएका थिए ।