२०८३ श्रावण १० गते , आईतबार

अर्जुनधाराका एक युवक ब्राउन सुगरसहित भद्रपुरमा पक्राउ

sajilo news
झापा
२०८३ श्रावण १० गते , आईतबार
अर्जुनधाराका एक युवक ब्राउन सुगरसहित भद्रपुरमा पक्राउ

भारतबाट मुखभित्र लागूऔषध लुकाएर ल्याउँदै गर्दा अर्जुनधाराका एक युवक भद्रपुरमा पक्राउ परेका छन् । शनिबार साँझ  ७ः४५ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री अर्जुनधारा नगरपालिका-९ बस्ने २२ वर्षीय अरमान खानलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्दा उनले मुखभित्र प्लास्टिकले पोका पारी लुकाइछिपाइ ल्याउँदै गरेको प्लास्टिकबाहेक २ ग्राम ०४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

सम्बन्धित समाचार